सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

माग्ने बुढाको कटाक्ष : क्यारिकेचर गर्ने पेशा लोपोन्मुख होलाजस्तो छ


ललितपुर

हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ समसामयिक सन्दर्भमा कटाक्ष गर्न खप्पिस छन् । बुधबार बेलुका फेसबुकमा उनले लेखे- ‘क्यारिकेचर गर्ने पेशा पनि अब लोपोन्मुख पेशा होलाजस्तो छ । नमिले फ्लप । मिले लफडा ।’

उनले यो पोस्ट गरेको समय र सन्दर्भ अर्थपूर्ण छ । ‘लाज शरणम्’ फिल्मको प्रचारमा पाटन उच्च अदालतले रोक लगाएको ‘टाइम एण्ड स्पेस’मा उनले यस्तो टिप्पणी गरेका हुन् । आफ्नो हाउभाउ र शैलीजस्तै देखिने पात्र चित्रण गरेको भन्दै पूर्वमन्त्री अफताव आलमले त्यसलाई रोक्न भन्दै अदालतमा रिट दायर गरेका थिए ।

आलमको रिटमा सुनुवाइ गर्दै अदालतले फिल्मको प्रचार रोक्न आदेश दिएको थियो । सीताराम कट्टेलले निर्वाह गरेको चरित्रले पूर्वमन्त्री आलमलाई चित्रण गरेको भन्दै टिप्पणीहरू भएका थिए ।

यतिमात्र होइन, यसैसाता गायक कुमा सागरलाई गिज्याएको आरोपमा कमेडियन सजन श्रेष्ठ र उत्सव सापकोटासहित अन्य दुईविरुद्ध प्रहरीमा उजुरी समेत दर्ता भएको थियो । यो पृष्ठभूमिमा केदारले फेसबुकमार्फत क्यारिकेचर गर्ने पेशा पनि अब लोपोान्मुख होला जस्तो छ भन्दै टिप्पणी गरेका हुन् ।

कलाकार दीपकराज गिरीले पनि प्रजातन्त्र दिवसको दिनमा बुधबार अर्थपूर्ण टिप्पणी गरेका थिए । उनले लेखेका छन्- सिर्जनामा लागेका कलाकर्मीबाहेक सबैलाई प्रजातन्त्र दिवसको शुभकामना । जसले जे बोल्दा पनि छूट हुने देशमा कलाकर्मीलाई त यो नबोल, त्यो नदेखा । कडा सेन्सरसिप ।’