सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान


काठमाडौँ

बलिउड सुपरस्टार सलमान खानले सन् २०२१ को अर्जेन्टिनी फिल्म ‘सेभेन डग्स’को रिमेकमार्फत हलिउडमा डेब्यु गर्ने भएका छन् । उक्त फिल्मलाई रोड्रिगो गुरेरोले निर्देशन गरेका थिए ।

यो हलिउड फिल्मको छायांकन दुबईमा भैरहेको जनाइएको छ । छायांकन सेटबाट सलमानको फस्टलुक अनलाइनमा लिक भएको छ । विवरणअनुसार, सलमानले हालै दुबईमा एक दिनको लागि सुटिङ गरे जहाँ मुम्बईको धारावी बस्तीजस्तो विशाल सेट विशेष रूपमा निर्माण गरिएको छ ।

सलमानको भूमिकाबारे विस्तृत खुलाइएको त छैन तर, स्रोतका अनुसार फिल्ममा उनको विशेष भूमिका हुनेछ । फिल्मको आत्मीय र रोचक विषयलाई ध्यानमा राख्दै उनको चरित्रले कथावस्तुमा कस्तो योगदान पुर्‍याउँछ भन्ने कुरा चाखलाग्दो हुनेछ ।

यो फिल्मको साथमा सलमान प्रियंका चोपडा, दीपिका पादुकोण र अली फजलजस्ता हलिउडमा प्रवेश गर्ने भारतीय कलाकारको सूचीमा सामेल हुनेछन् । सलमानका भतिजा अयान अग्निहोत्री पनि आफ्नो नयाँ गीत सार्वजनिक गर्न दुबईमा छन् । अयानको म्युजिक लन्चमा उपस्थित हुँदा सलमानले ‘सेभेन डग्स’को रिमेकमा विशेष भूमिका खेल्ने निर्णय गरेको स्रोतले खुलासा गरेको छ ।

सलमानको हलिउड डेब्यु पक्कै पनि फ्यानका लागि ठूलो पल हो । अहिले छायांकन चलिरहेकोले फ्यान उत्सुकतापूर्वक थप अपडेटको लागि पर्खिरहेका छन् । सलमान पछिल्लो पटक ‘टाइगर ३’ मा देखिएका थिए । उनी अर्को फिल्म ‘सिकन्दर’मा देखिनेछन्, जुन ईदमा रिलिज हुने तयारीमा छ । फिल्ममा रश्मिका मन्दानाको समेत अभिनय छ ।