सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

‘लाज शरणम्’ले टिजर र गीतलाई युट्युबमा ‘प्राइभेट’ बनायो


काठमाडौँ

प्रचारप्रसार रोक्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको भोलिपल्ट फिल्म ‘लाज शरणम्’ले युट्युबबाट टिजर र एक गीतलाई हटाएको छ ।

लिङ्क खोलेर हेर्दा अहिले ती भिडियोलाई प्राइभेट बनाइएको देख्न सकिन्छ । टिजरसहित ‘हेर्दा हेर्दैमा’ बोलको गीत हटाइएको हो । ‘यो भिडियोलाई प्राइभेट तुल्याइएको छ’ भन्ने सन्देश देखिन्छ ।

आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

अदालतले सेन्सर बोर्डले अनुमति नदिँदासम्म प्रचारप्रसारमा रोक लगाएको छ । अहिलेसम्म सेन्सर कहिले गर्ने भन्नेबारेमा मिति यकिन पनि भैसकेको छैन । ‘उहाँहरूले चाँडै सेन्सर गर्न आउँछौं भन्नुभएको छ तर, ठ्याक्कै यही दिन र समय भन्ने टुंगो लागिसकेको छैन’ सेन्सर बोर्डका एक सदस्यले भने ।

अदालतको आदेशसँगै अहिले फिल्मको प्रचारप्रसार रोकिएको छ । बुधबार पूर्वनिर्धारित ट्रेलर रिलिज कार्यक्रम पनि रोकिएको छ । ‘लाज शरणम’ फागुन १४ गतेदेखि प्रदर्शन हुने अपेक्षा गरिएको छ ।

Share: