सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

एक सातामा होस्टेल ३ को कलेक्सन ४ करोड ३२ लाख


काठमाडौँ

गत शुक्रवारदेखी प्रदर्शनमा आएको सिनेमा होस्टेल ३ ले आफ्नो पहिलो साताको व्यापार सार्बजनिक गरेको छ । सिनेमा निर्माण कम्पनि सम्मान ईन्टरटेण्डमेन्टका अनुसार सिनेमाले बिहिबार सम्म ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको हो ।


सिनेमाका निर्देशक सशान कँडेलले बितरकहरुबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा यो आँकडा निकालिएको बताएका छन् । जसअन्र्तगत सिनेमाले उपत्यकामा २ करोड ३० लाखको व्यापार गरेको र मोफसलमा २ करोड २ लाखको ब्यापार गरेको बताईएको छ ।


होस्टेल ३ लाई काठमाडौंमा गोविन्द शाही नेतृत्वको काफिया फिल्म्स र मोफसलमा रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले वितरण गरेका छन् । तीन नयाँ नेपाली सिनेमा रिलिजका बाबजुद पनि हलहरूमा होस्टेल ३ को अधिक मात्रा शो कटौती भएका छैनन् । कतिपय हलहरूमा नयाँ सिनेमाहरूको भन्दा होस्टेल ३ को शो बढी रहेका छन् ।
यसैबीच, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ, जहाँ दर्शकहरूको उपस्थिति व्यापक देखिएको छ ।


होस्टेल ३ मा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारीले निर्माण गरेका हुन् भने सशान कँडेलले होस्टेल ३ लाई निर्देशन गरेका हुन् । सिनेमाले दोश्रो सातामा समेत राम्रो दर्शकको साथ पाईरहेको छ ।