एलिनाको ‘छुट्यो पिरिम’लाई केही दिनमै ४ मिलियन भ्यूज
- सिने चौतारी
- २०८१ चैत्र १ गते शनिबार
गायिका एलिना चौहानको छुट्यो पिरिम बोलको गीतले छोटो समयमा दर्शक श्रोताको राम्रो साथ पाएको छ । गीतले आफ्नो रिलिजको एक हप्तामै ४ मिलियन भ्युज पाएको हो ।
एलिना चौहानको स्वरमा रहेको छुट्यो पिरिमलाई डिपी तिवारीले लेखेका हुन् भने नविन सेन्चुरीले संगीत भरेका हुन् । एलिना चौहानको डिभोर्स पछि आएको यो मार्मीक शब्द समावेश गीत भएकाले पनि दर्शक श्रोताले यसलाई अझ बिशेष हिसावले हेरिरहेका छन् । गीतका शब्दहरु पनि एलिनाको पूर्व श्रीमान विष्णु सापकोटालाई लक्षित गर्दै लेखिएको जस्तो सुनिन्छ । त्यसैले पनि यो गीतलाई अहिले एलिना चौहानका लागी बिशेष गीतका रुपमा हेरिएको छ । मार्मिक शब्द भएपनि यो गीत मनोरञ्जनात्मक शैलिमा तयार गरिएको छ । र भिडियो पनि सोही अनुरुप खिचिएको छ ।

गीतको भिडियोमा सञ्जना गुरुङ र सञ्जन विश्वकर्माको अभिनय रहेको छ । दीपक गिरीको छांयाकन रहेको गीतको भिडियोलाई अमृत चापागाँईले सम्पादन गरेका हुन् । दोश्रो हप्तामा ४३ लाख भ्युज पुगेको गीतको भिडियोलाई सञ्जय विश्वकर्माले कोरियोग्राफि तथा निर्देशन गरेका हुन् ।
भिडियोः








