सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

‘डोरी’को प्रदर्शन पूर्व अभिनेता कुशवाहाको अनौठो प्रचार गतिविधि


काठमाडौँ

नेपाली सिनेमा ‘डोरी’ यही शुक्रवार, चैत १५ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउँदै छ । प्रदर्शन मिति नजिकिँदै गर्दा, सिनेमाका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखा परेका छन् । घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई सर्वसाधारणले देख्दा अचम्म मानेका छन् । धेरैले उनको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, जसले विभिन्न चर्चाहरू जन्माएको छ ।

‘डोरी’ को प्रचार रणनीतिअन्तर्गत गरिएको यो गतिविधिले सर्वसाधारणको ध्यान आकर्षित गर्न सफल भएको छ । निर्देशक अरुण लामाले कथावस्तु अनुसार सिनेमाको प्रचार दर्शकसम्म पुर्‍याउनका लागि यस्तो विधि अपनाइएको बताए । यसअघि सार्वजनिक ट्रेलरमा बिरेन्द्रलाई यही गेटअपमा देखाइएको छ, जसबाट सिनेमा निकै रोचक रहेको लख काट्न सकिन्छ ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । सिनेमामा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सिनेमाका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । सिनेमाको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।