सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

‘फ्रेनीया’ को टिजर रिलिज


काठमाडौँ

अभिनेता,निर्माता सुवास थापाको मुख्य भूमिका रहेको छोटो सिनेमा ‘फ्रेनीया’ को टिजर सार्वजनीक गरिएको छ । ‘कोही मेरो’,‘तोरी लाहुरे’,‘ब्रेकफेल’,‘सरि ल’,‘तथास्तु’,‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्मका अभिनेता सुवासको ‘फ्रेनीया’ अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुलाई लक्षित गरि निर्माण गरेको बताएका छन् ।


एक दशकयता अमेरिकामा बस्दै आएका सुवासले त्यहाँ पनि कलाकारितालाई निरन्तरता दिइरहेका छन् । उनले त्यहाँ ‘जिन्दगानी’,‘तिमी आफ्नो’,‘कुल्चिहिड्छन फूललाई’लगायतका म्युजीक भिडियो तथा केही छोटो सिनेमा र सिरिजमा अभिनय गरेका छन् । एक चित्रकारको मनोबैज्ञानीक संघर्ष र सृजनाको बिषयमा निर्माण गरिएको ‘फ्रेनीया’ जम्मा २० मिनेट लामो छ । सुवास स्वयम्को निर्देशन रहेको छोटो सिनेमाको निर्मातामा सुवास थापा,सुप्रिम बास्कोटा,नरेन्द्र साउद,हेमन्त न्यौपाने र बेजान फरामार्जी छन् भने सुवर्ण थापा र नारायण पुरी कार्यकारी निर्माता छन् ।


बेजान फरामार्जीले खिचेको सिनेमा पेगासस इन्टरटेन्मेन्टले निर्माण गरेको हो । छोटो सिनेमामा सुवास स्वयम् मुख्य भूमिकामा छन् । ‘बिर्खेलाई चिन्छस्’ निर्माण गरेका सुवास अर्काे बर्ष नयाँ नेपाली फिचर सिनेमा निर्माण गर्ने योजनामा छन् ।

Share: