कोशेढुंगा को ट्रेलर सार्वजनिक
- सिने चौतारी
- २०८२ भाद्र ३ गते मंगलबार
सिनेमा ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक गरिएको छ । ‘पूर्णबहादरको सारंगी’का किर्तिमानी निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘कोशेढुंगा’ले मंगलबार ३ मिनेट ४४ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरेको हो । संवेदना र सन्देश बोकेको यो सिनेमा महिलाप्रधान विषयवस्तुमा आधारित छ ।
शीर्ष भूमिकामा अभिनेत्री सुरक्षा पन्त छिन् । सिनेमामा पन्तको अपोजिटमा मञ्जिलकुमारले अभिनय गरेका छन् । नाटक अभिनयको पृष्ठभूमि सँगालेका उनी यो फिल्ममा शीर्ष भूमिकामा छन् । ग्रामीण चरित्रमा उनी प्रस्तुत छन् । चितवनका कुमारको लागि ‘कोशेढुंगा’ डेब्यु फिल्म हो । सरोज पौडेलको निर्देशन रहेको यो सिनेमा भदौ १२ गते रिलिज हुँदै छ । छायांकन स्याङ्जाको आँधिखोला, त्रिवेणी र सिरुबारी क्षेत्रमा गरिएको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको सिनेमामा आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ । निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । सिनेमालाई सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।








