बाहुवली पछि प्रभास र अनुष्का ८ बर्ष पछि सँगै देखिने
- सिने चौतारी
- २०८२ भाद्र ६ गते शुक्रबार

बाहुबली सिनेमा सिरिजलाई भारतको सबैभन्दा ठूलो सिनेमा सिरिज मानिन्छ। यो सिनेमाले भारतीय सिनेमाको सम्पूर्ण समीकरण बदलि दियो र एसएस राजामौलीको यो सिनेमा साउथ इन्डस्ट्रीका लागि पनि वरदान साबित भयो । अब यो सिनेमाका कलाकारहरु पुनः एकजुट हुन लागेका छन् ।
हो, बाहुबलीमा मुख्य भूमिका निभाएका अभिनेता प्रभास र अनुष्का शेट्टी फेरि एकपटक सँगै देखिने भएका छन् । फ्यानहरू पक्कै पनि आफ्नो मनपर्ने अनस्क्रिन कलाकारहरू हेर्न उत्साहित हुनेछन्। तर यो समाचारमा एउटा ठूलो ट्विस्ट पनि छ ।
वास्तवमा, अनुष्का र प्रभास कुनै प्रोजेक्टमा सँगै आउँदैनन्, बरु एक अन्तर्वार्तामा सँगै देखिनेछन् । रिपोर्टहरू विश्वास गर्ने हो भने सिनेमाको १० वर्ष पूरा भएको अवसरमा दुवैले एक अन्तर्वार्ताको हिस्सा बन्ने छन् र सिनेमाको बारेमा आ–आफ्नो अनुभव बाँड्ने छन् ।
अहिलेसम्म आधिकारिक घोषणा नभए पनि यसबारे छिट्टै घोषणा हुनसक्छ । सिनेमाको पहिलो भाग सन् २०१५ मा आएको थियो अर्थात यो सिनेमा सिरिजले रिलिज भएको १० वर्ष पूरा गरेको छ ।
यसै खुशीमा यो अन्तर्वार्ता राखिएको हो, जसमा सिनेमाको सुटिङका क्रममा नसुनिएका केही कथाहरु बाहिर आउनेछन् ।
बाहुबली सिनेमालाई एसएस राजामौलीले निर्देशन गरेका थिए। सिनेमा दुई भागमा आएको थियो । रिपोर्टमा विश्वास गर्ने हो भने यो सिनेमाको पहिलो पार्टले विश्वभर ६५० करोड रुपैयाँ कलेक्सन गरेको थियो भने सिनेमाको दोस्रो भागको विश्वव्यापी कलेक्सन १७८८ करोड थियो । यो सिनेमा भारतमा तेस्रो धेरै कमाउने सिनेमा पनि हो ।
यसमा प्रभास र अनुष्का शेट्टी बाहेक तमन्ना भाटिया, सत्यराज, राणा दग्गुबाती र राम्या कृष्णन लगायतका कलाकारहरु देखिएका थिए । सिनेमाको संगीत एमएम किरावानीले दिएका थिए भने कथा भी विजयेन्द्र प्रसादले लेखेका थिए ।