सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

नरसिंहा अबतार बन्यो सबैभन्दा बढी कमाउने एनिमिटेड सिनेमा, पुष्पाकाे रेकर्ड ताेडन सक्ने


काठमाडौँ

अहिले साउथको एनिमेटेड सिनेमा महावतार नरसिंहा रिलिज भएको १ महिना बितिसकेको छ तर पनि बक्स अफिसमा उसले चमात्कार गर्न भने अझै छाडेको छैन । यो आफैमा सिनेमाको लागि ठूलो सफलता हो। सिनेमाको कमाईको पछिल्लो तथ्यांक आएको छ ।

सुरूवाती चरण भन्दा अहिले यसको बक्स अफिस कलेक्शनमा कमी आएको भए पनि यो ३५ दिनमा सिनेमाको लागि सबैभन्दा सकारात्मक कुरा यो हो कि यो सिनेमाले कुनै पनि दिन १ करोड भन्दा कम कलेक्सनमा झर्नु परेको छैन । खासमा अहिले पनि यो सिनेमाले दैनिक १ करोडभन्दा बढी कमाइ गरि नै रहेको छ ।

महावतार नरसिम्हाको भारतीय बक्स अफिस कलेक्शनलाई हेर्ने हो भने सिनेमाले ३५ दिनमा भारतमा २३८.२५ करोड कमाएको छ । ३५ औँ दिनमा सिनेमाले १.१५ करोड कमाएको छ, जुन अहिलेसम्मकै सबैभन्दा कम कलेक्शन हो । सिनेमाको कुल कलेक्सन २८२.१५ करोड भारु भएको छ । यो सिनेमा भारतको बक्स अफिसमा अझै कति दिन चल्छ त्यो भने हेर्न बाँकी छ ।

महावतार नरसिंहाको विश्वव्यापी कलेक्शनको कुरा गर्दा सिनेमाले ३४ दिनमा कुल ३०८.२५ करोड कलेक्सन गरेको छ । सिनेमाको ओभरसिज कलेक्सन २६.१० करोड रहेको छ । भारतको ३५ औं दिनको कलेक्सनलाई समावेश गर्ने हो भने सिनेमाले अहिलेसम्म ३०९.४० करोड कमाइसकेको छ ।

सिनेमाको कलेक्सन केही समयमै ३०० करोड नाघेको मात्र होइन, अब पुष्पा पार्टः १ र तानाजीको कलेक्शनलाई चुनौती दिन तयार देखिन्छ । यदि सिनेमाले आगामी दुई साताको अन्त्यमा चमत्कार गर्छ र साताको दिनमा पनि यही आफ्नो प्रवाह कायम राख्छ भने यो सिनेमासँग अल्लु अर्जुनको पुष्पाः १ र अजय देवगनको तानाजीको रेकर्ड तोड्ने सुनौलो अवसर छ। र, याे सबैभन्दा बढी कमाउने भारतीय एनिमेटेड फिल्मकाे रेकर्ड बनाउन सफल भइसकेकाे छ । 

रिपोर्टमा विश्वास गर्ने हो भने सन् २०२१ मा रिलिज भएको पुष्पाको विश्वव्यापी कलेक्सन ३६० करोड रहेको छ भने तानाजीको कलेक्सन ३५८ करोड रुपैयाँ रहेको छ । महावतार नरसिम्हाले विदेशी कमाईसहित आगामी समयमा ५५ करोड रुपैयाँसम्म कमाउने हो भने यो सिनेमाले अल्लु अर्जुनको पुष्पा र अजयको सबैभन्दा ठूलो सिनेमा तानाजीलाई पछाडि छोड्न सक्छ ।

Share: