सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

‘रमिताको पिरती’को टिजर सार्वजनिक


काठमाडौँ

थोरै सिनेमामा मात्र काम गर्ने अभिनेत्रीका रुपमा चिनिएकी आना शर्माको नयाँ सिनेमा रमिताको पिरतीको टिजर सार्बजनिक भएको छ । शनिवार युट्युव मार्फत सार्बजनिक गरिएको रमिताको पिरती आगामी माघ २३ गतेबाट प्रदर्शन हुँदैछ ।


सार्बजनिक टिजरमा आना केन्द्रमा देखिएकी छिन् । उनलाई टिजरमा प्रेम, रोमान्स, खुसी, दुख देखी वेदना सम्मका बिभिन्न भावनात्मक दृश्यहरुमा देख्न सकिन्छ । टिजरमा आना सहित धिरज मगर, समीर श्रेष्ठ र बिनय श्रेष्ठलाई समेत देख्न सकिन्छ । यहि सिनेमाबाट समीर श्रेष्ठले नेपाली सिने क्षेत्रमा डेब्यु समेत गर्दैछन् । टिजर हेर्दा सिनेमाले एउटी युवतीको मनोविज्ञानको कथा प्रस्तुत गर्न खोजेको अनुमान लगाउँन सकिन्छ ।


सेरो फिल्म्स्को प्रस्तुतीमा निर्माण भएको यो सिनेमामा सुदिप्ताको लेखन र निर्देशन रहेको छ भने सागर लम्साल यसका निर्माता हुन् ।

Share: