सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

मिडिलइस्ट सहित केही देशका लागी मिरमिरेको बिदेश राईट्स बिक्री


काठमाडौँ

माघ १ गतेदेखी प्रदर्शनमा आउँने तयारीमा रहेको सिनेमा मिरमिरे को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ । मिडल इस्टसहित केही देशको प्रदर्शन राइट्स बिक्री भईसकेको निर्माण पक्षले बताएको छ । बिदेश राईट्स अन्तरगत सिनेमाको युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टलाई बेचिएको सिनेमाका निर्देशक यम शेर्पाले जानकारी दिएका छन् ।


यार्सा फिल्म्सको प्रस्तुति रहेको मिरमिरेमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । सिनेमामा दयाहाङ र प्रकाशले पहिलोपटक सहकार्य गर्दैछन् ।

Share: