सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

राजेशसंग कसिन गायिका सुनिता दुलालले लगन गाँठो


काठमाडौँ

नेपाली गीतसंगीत क्षेत्रमा गर्विलो पहिचान बनाएकी गायिका सुनिता दुलालले लगनगाँठो कसेकी छिन् । मंसिर महिनाभर विवाहको प्रसंगले चर्चामा आएकी सुनिताले हिजो शनिवार मुसिकोट घर भएका राजेशसंग सात फेरा लिएर लगनगाँठो कसेकी हुन् ।


विशेष गरी तीज गीतमा उनको ठुलो पहिचान छ भने दुलाहा राजेश नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य हुन् । काठमाण्डौंको एक रिसोर्टमा भएको सुनिता र राजेशको बिबाह समारोहमा परिवार र केही साथीहरुको उपस्थिती थियो । सुनिता र राजेशको यसअघि गत बिहिवार इन्गेजमेन्ट भएको थियो ।

Share: