‘झरीपछिको इन्द्रेणी’को फष्टलुक पोष्टर सार्बजनिक
- सिने चौतारी
- २०८२ मंसिर १५ गते आइतबार
बालेन शाहको लगानीमा बनेको भनेर चर्चा पाएको सिनेमा झरीपछिको इन्द्रेणीको फष्टलुक पोष्टर सार्बजनिक भएको छ । आईतबार सार्बजनिक गरिएको सिनेमाको पोष्टरमा सिनेमाका सबै मुख्य कलाकारहरु समावेश छन् ।
हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा भरीपछिको इन्द्रेणीमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो सिनेमामा लामो समयपछि गणेश उप्रेती देखिँदैछन् । उनि यहि सिनेमाको छांयाकनका लागी अमेरिकाबाट नेपाल फर्किएका हुन् ।

नागराज इन्टरटेन्डमेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा निर्देशक समेत रहेका अर्जुन घिमिरेको कथा रहेको छ भने पटकथा तथा संबाद गणेश कार्कीको र बिशाल घिमिरेको छ । सिनेमालाई बुघ थापाले खिचेका हुन् । सिनेमालाई अनिशा सेन्दाङ लिम्बुले निर्माण गरेकी हुन् भने सह निर्माताका रुपमा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की रहेका छन् ।
यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले अभिनयमा डेब्यु गर्दैछन् । सिनेमामा बाल कलाकारका रुपमा दिप्सन चिलवानले समेत अभिनय गरेका छन् । सिनेमा आगामी पाैष ४ गतेदेखी प्रदर्शनमा आउदैछ ।








