सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

दर्शककाे मन जित्दै‘अभिमन्यु: च्याप्टर १’


काठमाडौँ

सुशान्त गौतम निर्देशित नेपाली फिल्म ‘अभिमन्यु: च्याप्टर १’ ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। बिहीबारबाट प्रदर्शनमा आएको यस फिल्मले तराई-मधेसको दाइजो प्रथा र त्यसले सिर्जना गर्ने सामाजिक समस्यालाई बखान गर्नु यसको मुख्य विशेषता बनेको छ।

चलचित्र हेरेका दर्शकले नायिकाको विस्तृत यात्रा र समाजसँगको मेललाई सराहना गरेका छन्। “महिला अहिले समाजमा त्यसै बाटोमा अघि बढिरहेका छन्, चलचित्रले हाम्रो आफ्नै कथा देखाउँदा धेरै रिलेट भयो,” एक दर्शकले बताए।

दर्शकहरूले फिल्मको कथा र अभिनय मन पराएको मात्र होइन, आफ्ना साथीभाइ र परिवारलाई पनि चाँडै ‘अभिमन्यु’ हेर्न सिफारिस गर्ने इच्छा व्यक्त गरेका छन्। फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्।

त्यस्तै, किरण श्रेष्ठ, गौमाया गुरुङ, सरिता गिरी, प्रकाश दाहाल, शिशिर बाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ। अतिथि भूमिकामा रेखा थापा पनि देखिएकी छन्। फिल्मको क्रिएटिभ निर्देशन मदन थापा, लेखन मुकेश खनाल, र निर्माण विनोद पौडेल तथा गुञ्जन गिरी ले गरेका हुन्। लाइन प्रोड्युसरको जिम्मेवारी जीवन शाक्य ले सम्हालेका छन्।

Share: