सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

बक्सअफिसमा फ्ल्प झरी पछिको इन्द्रेणी, चलेन बालेनको प्रचार पनि


काठमाडौँ

अघिल्लो सातादेखी प्रदर्शनमा आएको सिनेमा झरीपछिको इन्द्रेण बक्स अफिसमा नराम्रोसंग चिप्लिन पुगेको छ । अर्जुन घिमिरे निर्देशित सिनेमाले अहिलेसम्म ६२ लाख ६९ हजार ग्रस कलेक्सन गरेको बताईएको छ । यो सिनेमाको अपेक्षित व्यापार भन्दा निकै न्यून हो ।


सिनेमाले बक्स अफिसमा तहल्का मच्चाउँने अपेक्षा गरिएको थियो । त्यसमाथी बालेन, रुटिन अफ नेपाल बन्द, भिक्टर पौडेल लगायतका सामाजिक सञ्जालहरुमा यसको प्रचार गरिएको थियो । बालेनले त आफ्नो फेसबुकमा स्टाटस लेख्दै सिनेमा राम्रो बनेको सम्म भन्न भ्याएका थिए । तर बालेन शाहको फेसबुकमा आएका आईक र कमेन्ट गर्नेहरुले सम्म यो सिनेमा हेर्न चासो देखाएनन् ।

यसरी हेर्दा बालेनको पोष्टमा लाईक गर्नेहरुले मात्र यो सिनेमा हेरेका भए सिनेमाले पुर्णबहादुरको सारंगीलाई पछ्याउँने थियो । तर सामाजिक सञ्जालमा आउँने प्रतिकृया र लाईकले सिनेमाको व्यापारलाई खासै फरक पारेको देखिएन् ।


यसरी भन्दा बालेनले भनेर वा वालेनले फेसबुकमा लेखेको भरमा प्रचार हुन्छ र सिनेमा चल्छ भनेर सोच्नुले मात्र सकारात्मक नतिजा दिँदैन् भन्ने कुरा यसअघि लाज शरणम् भन्ने सिनेमाबाटै पुष्टि भईसकेको थियो । यद्यपी सिनेमा झरी पछिको इन्द्रेणी हेर्नेहरुले भने सिनेमालाई राम्रै भनेका छन् । समिक्षकहरुले यो सिनेमालाई ‘औषत’ भनेका छन् भने केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सिनेमालाई ‘झुर’को शंज्ञा दिएका छन् ।


सिनेपा बक्सअफिसमा यो शनिवार सम्म सिनेमाले ६२ लाख ६९ हजार ग्रस कलेक्सन गरेको रिपोर्ट छ ।

Share: