सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

टंक बुढाथोकीले निर्माण गर्दै नयाँ सिनेमा ‘बा–आमा’


काठमाडौँ

गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ नेपाली सिनेमा ‘बा–आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको पहिलो सिनेमा ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो।

सिनेमा ‘बा–आमा’मा बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी दिए। उनका अनुसार सिनेमाको शीर्षक सिनेमा विकास बोर्डमा दर्ता भइसकेको छ।

टंक बुढाथोकीकै कथामा निर्माण हुने यस सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ।‘स्क्रिप्ट लेखन लगभग अन्तिम चरणमा छ। त्यसपछि कलाकार छनोटको प्रक्रिया सुरु गर्नेछौँ,’ उनले भने, ‘आगामी वैशाखदेखि छायांकन सुरु गर्ने योजना छ।’

सिनेमाको कथा टंक बुढाथोकीकै लोकप्रिय गीत ‘बा–आमा’ बाट प्रेरित हुनेछ। पहिलो सिनेमालाई दर्शकले राम्रो प्रतिक्रिया दिएको उल्लेख गर्दै उनले त्यसमा देखिएका कमी–कमजोरी सुधारेर अझ राम्रो सिनेमा निर्माण गर्ने लक्ष्य रहेको बताए।

करिब पाँच वर्षअघि सार्वजनिक भएको टंकको हिट गीत ‘बा–आमा’ कै शीर्षकमा सिनेमा निर्माण हुन लागेको हो। यसअघि पनि उनले आफ्नो सुपरहिट गीत ‘मन बिनाको धन’ को शीर्षकबाट सिनेमा निर्माण गरेका थिए। ‘बा–आमा’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित सिनेमा हुने जनाइएको छ।टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमा ‘बा–आमा’ की निर्माता विष्णुमाया मैनाली रहनेछिन्।

Share: