सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

न्यूयोर्कमा ‘हिमालयन म्युजिक एन्ड फिल्म अवार्ड’ हुने


न्युयोर्क

नेपाली कलाकारको बाक्लो उपस्थिति रहेको अमेरिकामा आयोजना हुने अवार्ड थपिने क्रम बढ्दो छ । रेवेल इभेन्ट्स, सतिसाल इन्टरनेसनल एलएलसी र बुद्ध कर तथा लेखाले संयुक्तरुपमा अवार्ड आयोजना गर्न लागेका हुन् । अवार्डमा नेपाली फिल्म र संगीत क्षेत्रका विभिन्न विधामा अवार्ड प्रदान गरिने भएको छ ।

नेपाली फिल्म र संगीत क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले न्यूयोर्कमा अवार्ड आयोजना गरिने जनाइयो । एक वरिष्ठ कलाकारलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मानित गरिने भएको छ ।यस क्रममा ‘८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

उक्त अवसरमा कृष्ण मल्ल, रवीन्द्र खड्का, सुरजसिंह ठकुरी, प्रेमराजा महत, ओमविक्रम विष्ट, यम बराल, बद्री पंगेनी, दिलीप समनलगायतका कलाकर्मीको उपस्थिति थियो ।

Share: