सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

तीजको अबसरमा अमेरिकामा ‘सतीदेवी’


काठमाडौँ

‘सतीदेवी’ सिनेमाको आउँदो शनिबार अर्थात साउन ३१ गते (१६ अगस्त) अमेरिकाको भर्जिनीयामा बिशेष प्रदर्शनी गरिदैछ । महिलाहरुको महान पर्व तीजको अबसर पारेर नारीहरुको सम्मानमा ‘सतीदेवी’ को बिशेष शो गर्न लागीएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन् ।


लामो समयदेखि अमेरिका बसोबास गर्दै आए तापनि नेपाली सिनेमा निर्माण,कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत थुप्रै अवार्ड बिजेता चर्चित सिनेमा भएकाले आफूहरुले बिशेष शो गर्न लागेको बताए । ‘‘सतीदेवी’ को धेरै चर्चा सुनेको र यसप्रकारका मौलिक अनि पारिवारिक सिनेमा अझै बन्नु र धेरैभन्दा धेरैले हेर्नुपर्छ भन्ने मान्यता स्वरुप बिशेष शो गर्ने निर्णय गरेका हौं’ उनले भने,‘हामी जो जहाँ रहे तापनि नेपाली कला,संस्कृति,मौलिकता र आफ्नोपन बचाइराख्नका लागि हरेकले आफ्नो तर्फबाट केही न पहलकदमी लिनैपर्छ । सोही अन्तर्गत चर्चित सिनेमा शो गर्न लागेका हौ ।’ एभरेष्ट सूर्य बोहरा निर्देशीत हिट सिनेमा ‘ठूली’ का निर्माता पन्त आफूहरु ‘सतीदेवी’ हेर्न निकै आतुर रहेको बताउँछन् ।


चलचित्र बिकास बोेर्डद्वारा आयोजीत राष्ट्रिय चलचित्र अवार्ड–०८० मा बिशेष चलचित्र पुरस्कार जित्न सफल नारी प्रधान सिनेमा ‘सतीदेवी’ ले अहिलेसम्म राष्ट्रियसहित एक दर्जन उत्कृष्ट अवार्डहरु जितिसकेको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको सिनेमामा मलिका महत,रमेश बुढाथोकी,सन्दिपबाबु लोहनी,कुलबहादुर अधिकारी,सृजना अधिकारी,बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँलगायतले अभिनय गरेका छन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा दिलासा कृएसनको प्रस्तुति रहेको सिनेमाको निर्मातामा दिलासा,सारा,श्रीदेवी र बिशाल सुवेदी छन् ।  निर्देशक सुवेदीले ‘सतीदेवी’ को भर्जिनीयापछि अन्य स्टेटहरुमा पनि बिशेष शो हुन लागेको जानकारी दिएका छन् ।

Share: