सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

‘बलिदान’को टिजरलाई २४ घण्टामै १ मिलियन भ्युज


काठमाडौँ

नेपाली सिनेमा उद्योगमै प्रतीक्षित सिनेमा ‘बलिदान’ को टिजरले युट्युबमा धमाका मच्चाएको छ। टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले १ मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ। यससँगै नेपाली सिनेमा इतिहासमा छोटो समयमा यति ठुलो डिजिटल प्रतिक्रिया पाएको थोरै टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ। सामान्यतया सिनेमाका अन्य सामग्रीहरू – गीत, ट्रेलर र भन्दा टिजरको डिजिटल उपस्थिति कम हुने हुँदा ‘बलिदान’ टिजरले प्राप्त गरेको भ्युजलाई उत्तम मानिन्छ।

सिनेमाका प्रमुख कलाकार समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुति यस उपलब्धिको प्रमुख आधार मानिएको छ। देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादसहितको टिजरले दर्शकलाई सशक्त महसुस गराएको छ।

टिजरमा समीर भट्टलाई ‘एक्सन किङ’को परिचय दिइँदै देखाइएको छ। उनको दमदार संवाद “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ”  सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्न पुगेको छ। यो संवादले नेपाली युवापुस्तामा ऊर्जा र गर्व जगाएको टिप्पणीहरू व्यापक रूपमा आएका छन्।

सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीलगायतका कलाकारले प्रस्तुत गरेको अभिनयले पनि टिजरलाई थप बल पुऱ्याएको छ। यसअघि समीर भट्टको जन्मदिनमा सार्वजनिक प्रि-टिजर नै नेपालसहित विदेशी मुलुकमा युट्युब ट्रेन्डिङमा आएको थियो। अहिलेको टिजरले त्यो अपेक्षालाई अझै माथि पुर्‍याउँदै ‘बलिदान’को प्रतीक्षा चरम उत्कर्षमा पुगेको सङ्केत गरेको छ।

सिनेमा आसुसेन फिल्म्स प्रा. लि. को ब्यानरमा बनेको हो। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेको यस सिनेमालाई बडादसैँको फूलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।

Share: