सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

गाउँको सेट बनाईएको सिनेमा काजी´को शुभमुहर्त


काठमाडौँ

लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने सिनेमा ‘काजी’को शुभमुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो सिनेमाको निर्माण टिम शुभमुहूर्त सँगै छायांकनको लागि स्याङ्जा निस्केको छ ।

भदौ ८ गते आइतबारबाट यो सिनेमाको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए । उनी यही सिनेमाबाट करिब ८ वर्षपछि निर्देशनमा फकेका हुन् । आफुले खोजेको जस्तै स्कृप्ट पाएकाले निर्देशनमा कमव्याक गर्न तयार भएको निर्देशक रिजाल बताउँछन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।

आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुने यो सोसल लभस्टोरी सिनेमालाई राम प्रसाद रिजालले निर्माण गर्दैछन् । यो सिनेमा निर्माणमा आफुले यसअघिका सिनेमामा देखिएका कमकमजोरीलाई सच्याउँदै उत्कृष्ट बनाउने प्रयास रहने बताउँछन् । यो सिनेमाको छायांकनको लागि स्याङ्जामा लाखौं खर्च गरेर एउटा गाउँको सेट नै निर्माण गरिएको उनले जानकारी दिए ।

सिनेमामा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य कलाकार को-को रहेका छन् भन्ने विस्तारै सार्वजनिक गर्दै जाने जानकारी निर्माण टिमले दिएको छ । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमालाई चिन्तनराज भण्डारीले खिच्दै छन् । सिनेमाका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका हुन् ।

Share: