सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

‘भ्यालेन्टाइन्स मुड’ जगाउने ‘वसन्त’को टिजरमा प्रकाश र स्वस्तिमाको प्रेमलाप


काठमाडौँ

गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक भएको छ । टिजरलाई ‘मिलनको कविता’ नाम दिइएको छ । युवकले युवतीलाई फकाउन कविता पढिरहेको सन्दर्भमा टिजर बनेको छ ।

फिल्मको शीर्ष भूमिकामा सपुत र अभिनेत्री स्वस्तिमा खड्का देखिएका छन् । निर्माताले यसलाई ‘भ्यालेन्टाइन्स डे विशेष कविता’ भनेको छ । प्रणय दिवसको मुड जगाउन यो टिजर प्रभावकारी हुने आशा निर्माताको छ ।

Share: