सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

छायाँछवि तीज म्यूजिक अवार्डमा रेखा शाह र जुनु गौतम उत्कृष्ट गायिका


काठमाडौँ

छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न भएको छ । लोकसंस्कृति तथा संगीतको पर्वका रुपमा चिनिने एवं महिलाहरुको महान चाँड हरितालिका तीजका अवसरमा प्रकाशित गीतहरुलाई लिएर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डमा १८ अवार्ड तथा ६ सम्मान एवं १ पुरस्कार प्रदान गरी सम्पन्न भएको छ ।

सुकेधारा स्थित लेभीज गार्डेनमा सम्पन्न भएको छायाँछवि तीज म्युजिक अवार्डमा गत वर्ष स्थापना गरिएको छायाँछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष मोडल कलाकार सञ्चिता शाहिलाई प्रदान गरिएको छ । रु ११००० राशि सहितको यो पुरस्कार गत वर्ष भने मोडेल कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।

यस्तै तीजका अवसरमा आयोजना गरिदै आएको छायाँछवि तीज म्युजिक अवार्डमा ६ जना नारी कलाकारहरुलाई सम्मान समेत गरीएको छ । गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारीका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दर्यकर्मीद्वय संगीता राना मगर र अप्सना नेवा हायु लाई तीज म्युजिक अवार्डका अवसरमा सम्मान गरिएको छ । साथै तीज नारी सम्मान अन्तर्गत नै वोस्टर्न अमेरीका निवासी गायिका शुशीला वस्नेत तिमील्सीनालाई डायस्पोरा सम्मान प्रदान गरिएको छ । सम्मान बिशिष्ट अतिथी चलचित्र बिकाश बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना, अवार्डका अध्यक्ष शान्तिप्रिय, अवार्ड संयोजक कृष्णा आचार्य रोशनीले प्रदान गरेका थिए ।

अवार्ड कार्यक्रममा केहि नृत्य तथा गायन प्रस्तुति समेटीएको थियो । आर्या कोइराला एवंं डिम्पल नगरकोटीले कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिकाहरु अञ्जु श्रेष्ठ र रेखा शाहले गायन प्रस्तुति दिएका थिए । कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा चलचित्र बिकाश बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना एवं अतिथीका रुपमा साहित्यकार राधेश्याम नेपाली, संस्कृतिकर्मी आर सी कोइराला, गायिका मञ्जु थापा, गीतकार कस्तुप पन्त, लगायत चलचित्रकर्मी एवं संगीतकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा छायाँछविका अध्यक्ष शान्तिप्रियले अवार्डको उद्येश्यमाथी प्रकाश पारेका थिए । कार्यक्रम संञ्चालन दीपज्योति थापाले सञ्चालन गरेकी थिइन् ।

अवार्ड विजेताहरु:

उत्कृष्ट तीज गीत एरेन्जर

विपिन आचार्य: आइपुग्यो तीज

उत्कृष्ट तीज गीत ध्वनी मिश्रण

मनोज परियार: तीजका गीत कस्ता

उत्कृष्ट तीज गीत छायांकार

मुकेश हुमागाई: बारुले कम्मरको ठुम्का

उत्कृष्ट तीज गीत सम्पादक

सुजन कोइराला: चोली फाटेको

उत्कृष्ट तीज गीत मोडल (पुरुष)

भुवन के पोखरेल: माईत बरीलै

उत्कृष्ट तीज गीत मोडल (महिला)

स्मारिका ढकाल: काली पसम कि –२

उत्कृष्ट तीज गीत नृत्य निर्देशक

श्रीजन बराल ऋषि: कट्टि कट्टि

उत्कृष्ट तीज गीत भिडियो निर्देशक

जेरी भण्डारी: काली पसम कि –२

उत्कृष्ट तीज गीत शब्द

जनक रावल: तीज आयो साथी संगी

उत्कृष्ट मौलिक तीज गीत शब्द

याम प्रसाद निउरे: चोली फाटेको

उत्कृष्ट तीज गीत लय

भावना आचार्य: सोच सोच

उत्कृष्ट मौलिक तीज गीत लय

योगेश काजी: मलाई हेरी हेरी

उत्कृष्ट तीज दोहोरी गीत गायक

रामचन्द्र काफ्ले: सोच सोच

उत्कृष्ट तीज दोहोरी गीत गायिका

सुजाता के.सी: सासुको तीज

उत्कृष्ट तीज गीत युगल गायन

नम्रता तामाङ/बवी नेम्वाङ लिम्बु/निलम रोक्का कार्की: किन्दिने हो कल्ले

उत्कृष्ट तीज गीत गायिका

जुनु गौतम: आइपुग्यो तीज

उत्कृष्ट मौलिक तीज गीत गायिका

रेखा शाह: मलाई क्या माया

इनकरेजमेन्ट अवार्ड गायिका

पुजन काफ्ले: छड्के तिलहरी

Share: