सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

बिष्णुको मुक्ति आज बाट प्रसारणमा


काठमाडौँ

काठमाडौं। चर्चित हाँस्य कलाकार बिष्णु सापकोटा ´ हर्के हवल्दार ` ले सामाजिक बिषयबस्तुमा आधारित नयाँ टेलिचलचित्र मुक्ति प्रदर्शनमा ल्याउने भएका छन्।टेलिचलचित्र मुक्ति मङ्सिर ७ गते देखि  युटुब च्यानल बिष्णु सापकोटा मार्फत साँझ ७ बजे बाट हेर्न पाइने छ। 

शुक्रबार एक कार्यक्रमका बीच बिष्णुले टेलिचलचित्र मुक्तिका बारेमा जानकारी दिएका थिए। बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा मुक्ति परिवारले श्रेष्ठलाई सम्मान समेत गरेको थियो। सम्मानित भएका श्रेष्ठले बिष्णु सापकोटाको कलाकारिताको प्रसंशा गर्दै टेलिचलचित्र मुक्तिको सफलताको शुभकामना समेत दिएका थिए। 

कार्यक्रममा कलाकार / निर्देशक रमेश बूढाथोकी , कलाकार / निर्देशक दिपाश्री निरौला ,कलाकारहरु राजाराम पौडेल ,सुरेन्द्र केसी ,श्याम राई ,आर .पी पन्त ,उपेन्द्र तिमल्सिना ,रमेश अधिकारी ,संगीतकार बसन्त सापकोटा ,गायक डिजराज पौडेल लगाएत थुप्रैको उपस्थिति रहेको थियो। 

कार्यक्रममा निर्देशक दिपाश्री निरौलाले बिष्णु सापकोटाको कलाकारिताको चर्चा गरेकी थिइन् र उनले   टेलिचलचित्रमा काम गर्दाका पुराना दिनहरु  सम्झदै  प्रसारण हुँन लागेको  टेलिचलचित्र मुक्तिको सफलताको शुभकामना दिएकी थिइन्।

टेलिचलचित्र मुक्ति युनिक सापकोटाको प्रस्तुतिमा माधव तिमल्सिनाले निर्माण गरेका हुन्। टेलिचलचित्रमा बिष्णु सापकोटा संगै लक्ष्मी गिरि ,सुशील पोख्रेल ,राजेन्द्र खड्गी ,हिउँवाला गौतम ,बालदिप राई ,माधव तिमल्सिना लगायतका कलाकारहरुले अभिनय गरेका छन्। बिष्णुले १०० भन्दा बढी चलचित्र ,सडक नाटक र दर्जनौ टेलिचलचित्रमा काम गरिसकेका छन्।  उनकै निर्देशनमा बनेको हर्के हवल्दार नामक टेलिचलचित्रमा उनले दोहोरो भूमिका निर्वाह गरेका थिए।

Share: