अभिमन्यु च्याप्टर १ को हिन्टी भर्सन टिजर सार्बजनिक
- सिने चौतारी
- २०८२ मंसिर ११ गते बुधबार
मंसिर १८ गतेदेखी रिलिजको तयारीमा रहेको सिनेमा ‘अभिमन्युः च्याप्टर १’को हिन्दी भर्सनको टिजर सार्वजनिक भएको छ । सिनेमा नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँने तयारीमा छ । त्यसैले निर्माण पक्षले ओभरसिज मार्केटलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।
प्रेम, सस्पेन्स, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरीको कस्टडीमा पुगेको आरोपी र उसको बयान लगायतका दृश्यहरु टिजरमा समावेश छन् । सिनेमाका अधिकांश कलाकारहरुलाई टिजरमा देखाईएको छ ।
सिनेमाको मुख्य पात्र नै कसरी अपहरणकारी बन्छ भन्ने सस्पेन्सको कथा सिनेमाले भन्नेछ । सेभेन सिज सिनेमाजको प्रस्तुतिमा निर्माण भएको ‘अभिमन्युः च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका हुन् ।










