सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

राजु लामाको नयाँ गीत ‘फेरि भेटौंला’ सार्वजनिक


काठमाडौँ

चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट एब  द भ्वाइस अफ नेपालका कोच समेत रहेका लोकप्रिय गायक
राजु लामाको नयाँ गीत  ‘फेरि भेटौंला’ सार्वजनिक भएको छ । सुरेश राइको शब्द तथा संगीत रहेको गीतमा फरिन्द्र राइको एरेन्ज रहेको छ  ।


नेपाली गीत संगीतको बजारमा चिर परिचित तथा पहिचान बोकेको गायक राजु लामाले गाएका अधिकांश गीत हिट नम्बरमा पर्छन् ।


बिहिबार बेलुका सार्वजनिक गीत  ‘फेरि भेटौंला’को म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित जोडी प्रभातपाल ठकुरी र स्मारिका ढकाल अभिनय रहेको छ  उत्सव दाहालको सीनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको भिडियोलाई पुनम श्रेष्ठले निर्देशन गरेका हुन् ।नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले गीतलाई निर्माण गरेको हो ।

Share: