सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

दीपक बज्राचार्यको नयाँ गीत  ‘हजार हजारमा’ रिलिज


काठमाडौँ

तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहेका लोकप्रिय गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक प्याकेज ‘आउटडोर सेसन ‘सुरु गरेका छन् । पछिल्लो समय सांगीतिक एल्बम हरु निकाल्ने क्रम हराइसकेको अबस्थामा गायक   बज्राचार्यले ‘आउटडोर सेसन’ अन्तर्गत सिंगल ट्रयाकका धेरै गीतहरुलाई केहि दिनको ग्याप राख्दै क्रमश सार्वजनिक गर्न लागिएको हो ।


नयाँ गीत ‘हजार हजारमा’ को रिलिज संगै  ‘आउटडोर सेसन’ सुरु भएको र यस सेसनको अर्को गीत पनि अब केहि दिनमै रिलिज हुने गायक बज्राचार्यले जानकारी दिनु भयो ।


हाल तयार पारिसकेका नयाँ गीतहरु एक–एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउन लागेका गायक बज्राचार्यको  ‘हजार हजारमा’ गीतमा रुपेश बास्कोटाको शब्द र दीपककै संगीत तथा एरेन्ज रहेको छ।

Share: