एक्सन जनरामा बन्ने ‘कुम्भ’को फष्टलुक सार्बजनिक
- सिने चौतारी
- २०८१ फाल्गुन ३० गते शुक्रबार
लामो समय देखि म्युजिक भिडियो निर्देशन तथा सिनेमाको छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले ठुलो पर्दाको सिनेमामा डेब्यु गर्ने भएका छन्। होलीको अवसर पारेर सिनेमा कुम्भ को औपचारिक घोषणा गरिएको हो ।
एक्सन जनरामा बन्ने कुम्भ को बिहिबारनै फर्स्ट लुक पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्ट लुकमा चार मुख्य पात्रलाई स्थान दिइएको छ। एक जना मुख्य पात्र घोडामा सवार छन्।

नवनायक अशोक आर्यन, अभिनेता सुनिल थापा, अभिनेता सुशील पोखरेल, अफ्सना थापा तथा रोहित रुम्बाले सिनेमामा अभिनय गर्नेछन् । सिनेमाको लागी मुख्य नायिकाको खोजी भइ रहेको निर्माण टिमले बताएको छ । चैतको दोश्रो सातादेखी छांयाकनमा जाने तयारि भईरहेको यो सिनेमालाई रन्धिर श्रेष्ठलेनै खिच्नेछन् । रन्धिर श्रेष्ठ र राजेश साह निर्माता रहेको सिनेमाको सह निर्माता ध्रुवराज पराजुली छन्।














