‘माग्ने राजा’ अष्ट्रेलियाका २५ बढी हलमा लाग्दै
- सिने चौतारी
- २०८२ भाद्र ४ गते बुधबार

यहि भदौ ६ गतेबाट प्रदर्शनमा आउँने सिनेमा माग्ने बुढा अष्ट्रेलियाका बिभिन्न हलहरुमा समेत प्रदर्शन हुने भएको छ । भदौ ६ गतेदेखीनै सिनेमा एकैसाथ नेपाल र अष्ट्रेलियामा लाग्ने बताईएको छ । वितरकहरुका अनुसार माग्ने राजा अष्ट्रेलियाका २५ बढी हलमा एक सय भन्दा धेरै शो सहित प्रर्दशन हुन लागेको हो ।

अष्ट्रेलियामा बक्स अफिस सिस्टमबाटै रिलिज हुन लागेको सिनेमाको अग्रिम टिकट बुकिङ पनि खुला भइसकेको थ्रिकेजीका गोविन्द भण्डारीले जानकारी दिए । सिनेमाको बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त शोको आधारमा हेर्दा राम्रो व्यापार गर्ने देखिएको बताईन्छ । अष्ट्रेलियामा लामो समयपछि नेपाली सिनेमा यसरी हलमै रिलिज हुन लागेको हो ।
अष्ट्रेलियासँगै नेपालका हलमा पनि सिनेमाको टिकट बुकिङ खुला भइसकेको छ । देशका ठूला मल्टीप्लेक्सहरुले सिनेमालाई उत्साहजनक शो दिएका छन् । ट्रेलर र ‘सुतेर उठेको पैसामा’ गीतले दर्शकमाझ राम्रो हाइप बनाएकाले माग्ने राजाले सुखद व्यापार गर्ने अपेक्षा गर्न सकिन्छ ।