हलमा सामान्य जेरी अन टप
- सिने चौतारी
- २०८२ कार्तिक २ गते शनिबार

अनमोल केसी स्टारर सिनेमा जेरी अन टप शुक्रबारबाट देशैभरका सिनेमा हलहरुमा प्रदर्शन भईरहेको छ । सिनेमाले पहिलो दिन सामान्य बिजनेश गरेको थियो भने दोश्रो दिन पहिलो दिनको तुलनामा केही राम्रो व्यापार गरेको वितरकहरुले जानकारी दिएका छन् ।
प्रचार प्रसार र सिनेमाको हाईप हेर्दा यो सिनेमाले राम्रो ईनिसियल व्यापार गर्ने अनुमान धेरैले गरेका थिए । तर सिनेमाले पहिलो दिन सोचेअनुरुपको व्यापार गर्न सकेन नै भन्नुपर्छ । तर शनिवार भने सिनेमाले केही राम्रो व्यापार गरेको देखिन्छ । अभिनेता अनमोल केसीको शिर्ष भुमिका रहेको र सुयोग गुरुङले निर्देशन गरेको जेरी अन टपलाई समिक्षकहरुले समेत सामान्य सिनेमा भनेका छन् ।
यो सिनेमा देशभरका २०० शो सहित प्रदर्शन भईरहेको छ । २ घण्टा १५ मिनेट लामो यो सिनेमामा ड्रामा, रोमान्स, एड्भेन्चर प्रस्तुत छ । सिनेमामा अनमोल, आँचल शर्मा र जसिता गुरुङ बिचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएका ेछ । पर्वतीय यात्राको क्रममा तीन पात्रबीच विकसित हुने सम्बन्ध, भावनात्मक उतार–चढाव र आत्म–अवलोकनको कथा सिनेमाले सुन्दर ढंगले प्रस्तुत गरेको भने छ ।
अनमोल केसी संगैं यो सिनेमामा केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गी लगायतको अभिनय रहेको छ ।