सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

सागर र भाइबर साइमनको ‘मस्त जवानी’ सार्वजनिक


काठमाडौँ

गायक सागर जंग कुँवर र चर्चित र्‍यापर भाइबर साइमनको सहकार्यमा तयार भएको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो  सार्वजनिक भएको छ।

पछिल्लो समयको सांगीतिक ट्रेन्ड र युवाहरूको रुचिलाई ध्यानमा राख्दै तयार पारिएको यो गीतमा भरपूर इनर्जी र मस्ती समेटिएको छ। गीतको भिडियो पक्षलाई निकै उत्कृष्ट र ‘ग्ल्यामरस’ बनाइएको छ। भिडियोको निर्देशन, छायांकन तथा सम्पादन सार्थक कुँवरले गरेका हुन्। सार्थकले भिडियोलाई अन्तर्राष्ट्रिय स्तरको लुक्स दिने प्रयास गरेका छन्, जसमा बबिता बस्नेत र दिया अधिकारीलाई मुख्य भूमिकामा फिचर गरिएको छ।

भिडियोमा मोडलहरूको प्रस्तुति निकै ‘बोल्ड’ र आकर्षक देखिन्छ। गीतको ‘हाइ टेम्पो’, बिट र कलाकारहरूको ‘मुभ्स’ ले दर्शकलाई स्वतः नचाउने क्षमता राख्छ। सागर र साइमनको गायकीको जुगलबन्दीले गीतलाई अझ सशक्त बनाएको छ भने भिडियोको ‘मुड’ ले यसलाई पूर्ण रूपमा ‘पार्टी एन्थम’ बनाएको छ।

यो गीत सागर जंग कुँवरको आधिकारिक युट्युब च्यानल मार्फत रिलिज गरिएको छ। समसामयिक पप संगीत र डान्स नम्बर मन पराउने दर्शकहरूका लागि ‘मस्त जवानी’ एक उत्कृष्ट सांगीतिक कोसेली साबित हुन सक्छ।

Share: