सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

जेन्जी आन्दोलनको झल्को दिने ‘बिगुल’ को टिजर सार्वजनिक


काठमाडौँ

आउँदो माघ ९ गतेदेखी प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बिगुल’ को टिजर आइतबार सार्वजनीक गरिएको छ । सवा एक मिनेट लामो टिजरले दर्शकहरुमा सिनेमाप्रति कौतुहलता बढाउने संकेत दिएको छ । फर्स्टलुक पोस्टरले चर्चा पाइरहेको अबस्थामा सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति,देश प्रेम,सम्बन्ध–जिम्मेवारी अनि जेन्जी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ ।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय बजारमा एकै खाले बिषयका बग्रेल्ती सिनेमा आइरहेको अवस्थामा ‘बिगुल’ ले भने राजनीति,परिवार,समाज,सम्बन्ध अनि मनोरञ्जनको समिश्रण गरी कथा बुनेको छ । सिनेमाबाट दर्शकले मनोरञ्जनका साथ आफ्नो घर,समाज,देशमा के कस्ता घटना,राजनीति भइरहेको छ, त्यसबारेमा समेत जानकारी दिने बिश्वास निर्देशक कोइरालाको छ । ‘सिनेमालाई मनोरञ्जनका साथमा बिचारका रुपमा पनि हेर्नुपर्छ भन्ने सोचले ‘बिगुल’ बनाएका हौं,’ यसअघि ‘मन मनमा’,‘लीला’ र ‘नीरमाया’ सिनेमा निर्देशन गरेका सिनीयर निर्देशक कोइराला भन्छन्,‘हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन सिनेमाले भूमिका खेल्न सक्छ ।’  

कथाकार,निर्माता कोइरालाले ‘बिगुल’ मा आफूहरुले उठाएको मुख्य मुद्धा र अहिले जेन्जी पुस्ताले राखेको माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको बताउँदै आएका छन् । जेन्जी आन्दोलनप्रति समर्पित गरिएको ‘बिगुल’ मा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ ।

Share: