सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

विजय बरालसँग पर्दामा देखिँदै ‘एक्टर: टेक वन’का निर्देशक राजन भुसाल


काठमाडौँ

लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली सिनेमा ‘जिरो डिग्री’मार्फत सिनेमा निर्देशक राजन भुसालले अभिनयमा डेब्यु गर्ने भएका छन्। भुसाल यस सिनेमाको कथाकार समेत हुन्। ‘जिरो डिग्री’को निर्देशन भने सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्दैछन्। 

यसअघि भुसालले निर्देशन गरेको सिनेमा ‘एक्टर: टेक वन’बाट उनी दर्शकमाझ परिचित छन्। यी निर्देशकद्वयले यसअघि ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेर चर्चा कमाइसकेका छन्। 

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’को पटकथा तथा संवाद निर्देशकद्वय काफ्ले र बरालले तयार पारेका छन्। कथावस्तु सडक नपुगेको एक दुर्गम गाउँमा केन्द्रित छ, जहाँ आमाबुवाको निधन भएपछि विदेशमा रहेका छोराछोरी आइपुगुन्जेल सम्म शव सुरक्षित राख्न डीप फ्रिज बोकेर गाउँ भित्र्याएपछि सिर्जना हुने अनौठा र उथलपुथलपूर्ण घटनाहरू प्रस्तुत गरिएको छ। निर्देशकका अनुसार सिनेमा केवल फ्रिज गाउँसम्म पुर्‍याउने कथामा सीमित नभई ‘डार्क कमेडी’ शैलीमा समाजका गहिरा यथार्थहरू उजागर गर्ने प्रयास हो।

यसअघि सार्वजनिक गरिएको यसको पोस्टरमा कलाकारको अनुहारभन्दा कथाको केन्द्रबिन्दु बनेको डीप फ्रिज लाई प्राथमिकता दिइएको थियो।

सिनेमाका कार्यकारी निर्माता मोती कार्की हुन्। ‘जिरो डिग्री’को छायाङ्कन सुरु हुने चरणमा रहेको र हाल निर्माण पक्ष लोकेसन तय गर्न विभिन्न स्थानहरूमा पुगिरहेको छ। आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको यो सिनेमाको वितरण कुबेर सिने डिस्ट्रिब्युसन ले गर्नेछ।

निशाल पौडेलले छायाङ्कन गर्ने यस सिनेमाका गीतमा अङ्कित बाबु अधिकारी ले सङ्गीत भर्नेछन् भने ‘ऊनको स्वीटर’ को चर्चित गीत ‘काफ्ले’ का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।

Share: